जनता टाइम्स

१२ फाल्गुन २०७८, बिहीबार ०६:०५

विश्व इतिहासमा आज : हिटलर प्रमुख नेता घोषितदेखि एउटा मात्रै कम्युनिष्ट पार्टीलाई मान्यतासम्म


बिश्व इतिहासमा आजका दिन धेरै महत्वपुर्ण घटना भएका छन । सन् १९२० मा जर्मनीमा नाजी पार्टीको स्थापना भएको थियो । सन् १९२१ मा एडोल्फ हिटलर पार्टीको नेता बनेका थिए भने सन् १९७६ मा क्युबामा फिडेल क्यास्ट्रोको शासनले क्युबाको संविधान अंगिकार गरेको थियो, जसले क्युबामा एक मात्र राजनीतिक दल कम्युनिस्ट पार्टी अफ क्युबालाई मान्यता दिएको थियो ।

सचिन तेन्दुलकरको किर्तिमानी
सन् २०१० मा भारतका सचिन तेन्दुलकर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा दोहोरो शतक बनाउने पहिलो क्रिकेट खेलाडी बनेका थिए । तेन्दुलकर क्रिकेट जगतमा उत्कृष्ट ब्याट्सम्यानको रूपमा विश्वभर चिनिन्छन् ।

नाजी पार्टीको स्थापना
सन् १९२० मा जर्मनीमा नाजी पार्टीको स्थापना भएको थियो । सन् १९२१ मा एडोल्फ हिटलर पार्टीको नेता बनेका थिए ।

जर्जियाली क्यालेन्डर सुरु
सन् १५८२ को २४ जनवरीमा पहिलो पटक पोप ग्रेगोरी १३ औं ले जर्जियन क्यालेन्डरको सुरु गर्न आदेश दिएका थिए । सोही समयदेखि जर्जियाली क्यालेन्डर प्रयोगमा आएको विश्वास गरिन्छ ।

एन्ड्रिउ जोनसनलाई महाअभियोग
सन् १८६८ मा अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले तत्कालिन राष्ट्रपति एन्ड्रिउ जोनसनलाई महाअभियोग लगाएको थियो । जोनसनले अंगिकार गरेको पुनर्निर्माण नीतिका कारण कट्टरपन्थी रिपब्लिकनहरू क्रुद्ध बनेका थिए ।

कम्युनिस्ट पार्टी अफ क्युबा
सन् १९७६ मा क्युबामा फिडेल क्यास्ट्रोको शासनले क्युबाको संविधान अंगिकार गरेको थियो, जसले क्युबामा एक मात्र राजनीतिक दल कम्युनिस्ट पार्टी अफ क्युबालाई मान्यता दिएको थियो ।

सन् १९५५ को २४ जनवरीमा अमेरिकी व्यावसायी स्टेभ जब्सको जन्म भएको थियो ।