जनता टाइम्स

१२ फाल्गुन २०७८, बिहीबार १४:१३

भोली दिउँसो १ बजे बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित


काठमाडौं, १२ फागुन । प्रतिनिधिसभाको आजको बैठक अकस्मात स्थगित भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बैठक बस्न नसक्ने भएकाले भोलि दिउँसो १ बजेका लागि राखिएको उल्लेख छ ।

आजको बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो । सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गर्नुभएको हो । बैठक भोलि १ बजे पुनः बस्ने बताइएको छ ।