काठमाडौं, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । संसद भवन नयाँ बानेश्वरमा देउवा र ओलीबीच छलफल भएको हो । आजको प्रतिनिधिसभा बैठक प्रधानमन्त्री देउवाकै आग्रहमा स्थगित भएको थियो ।
देउवा–ओली छलफलपछि सामूहिक संवाद भएको हो । ओलीसँग एक्लाएक्लै छलफलपछि प्रधानमन्त्री देउवाले अन्य नेतासहितको छलफल गर्नभउको हो । ओलीलाई एक्लै भेट्नुअघि उहाँले एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग झण्डै आधा घन्टा छलफल गर्नुभएको थियो ।

जारी सामूहिक छलफलमा देउवा–ओलीका साथमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङ तथा कांग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगन थापा हुनुहुन्छ ।
गत आइतबार प्रतिनिधि सभामा पेस एमसीसी सम्झौताको प्रस्तावबारे आज छलफल थाल्ने कार्यसूची थियो। तर अनुमोदनका लागि बहुमत नपुग्ने देखिएपछि प्रधानमन्त्री देउवाले संसद् बैठक नै स्थगन गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गर्नुभएको थियो । सरकारको आग्रहबमोजिम सभामुख सापकोटाले प्रतिनिधिसभा बैठक स्थगन गर्नुभएको हो ।
संसदमा विचाराधीन एमसीसी सम्झौतालाई अनुमोदन गराउन प्रधानमन्त्री देउवाले नेकपा एमालेको साथ खोजिरहनुभएको छ । सत्तारुढ गठबन्धनमा एमसीसीबारे सहमति नजुटेपछि प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षको साथ खोज्नुभएको हो । छलफलका लागि प्रधानमन्त्री देउवा ओलीकै कार्यकक्षमा पुग्नुभउको हो ।













प्रतिक्रिया दिनुहोस्