जनता टाइम्स

२१ असार २०७६, शनिबार ११:०४

एनआरएनएको सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक म्यानमारमा


काठमाडौं, असार २१

गैरआवासीय नेपाली संघ एनआरएनएको सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय महिला भेला आजबाट म्यान्मारको याङगुनमा सुरु हुँदैछ । विशेषतः नेपालमा लगानी प्रर्वधन गर्ने मुख्य उद्देश्यका साथ सम्मेलन गर्न लागिएको एसिया प्यासिफिक क्षेक्रका संयोजक किरण वित्रम थापाले जानकारी दिनुभयो ।

बैठकमा नेपालको समृद्धिका लागि डायस्पोरोको भूमिका, साना तथा मझौला व्यवसायको लगानी र त्यसमा देखिएका नीतिगत अप्ठेरा अनि सम्भावनाकाबारे बृहत छलफल गरिने थापाले बताउनुभयो । यस्तै एसियाली मुलुकका श्रम बजारमा नेपाली श्रमको प्रयोगमा रहेका समस्या पहिचान गर्दै समाधान, र भिजिट नेपाल २०२० लाई सफल पार्न डायस्पोराको रणनीति लगायतका विषयमा कार्यपत्र पेश गर्ने तयारी रहेको थापाले बताउनुभयो ।