जनता टाइम्स

१२ फाल्गुन २०७८, बिहीबार १७:४८

बानेश्वरमा भएको झडपमा दुई जना घाइते


काठमाडौं, १२ फागुन । एमसीसी विरुद्ध आज नयाँ बानेश्वरमा भएको प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा तीन जना घाइते भएका छन् । प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा पत्रकारसहित दुई जना घाइते भएका हुन् ।

घाइते भएका एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजगको नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ । बानेश्वर प्रहरीका अनुसार उहाँको टाउको र शरीरमा चोट लागेको छ ।

अर्का घाइते केदार सिवाकोटीको पनि एभरेष्ट अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । रगज प्रर्दशनको भिडियो खिच्ने क्रममा र सिवाकोटी प्रर्दशनमा उत्रिएको बेला घाइते भएका हुन् ।