काठमाडौं, फागुन १२ । संसदको अवरोध खुलाउनका लागि एमालेले राखेका अडानमा कांग्रेस लचक भएपछि दुई पार्टीबीचको वार्ता सकारात्मक भएको नेताहरुले बताएका छन् ।
वार्ता सकारात्मक भएपछि एमालेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफलका लागि जुटेका छन् ।वार्तामा सहभागी एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सदनमा एमालेको सहभागिताका सन्दर्भमा आफूहरुले उठाएका मागप्रति प्रधानमन्त्री सकारात्मक बने पनि निष्कर्षमा नपुगिएको बताउनुभयो ।
उहाँले आफूहरु थप छलफलका लागि अध्यक्ष ओलीको निवासमा भएको बताउनुभयो । कांग्रेस र एमालेबीच शुक्रबार विहान पुनः छलफल हुँदैछ ।













प्रतिक्रिया दिनुहोस्