जनता टाइम्स

१३ फाल्गुन २०७८, शुक्रबार ०६:४९

पर्यटकीय क्षेत्र दोमुखामा भीषण आगलागी, चार होटल र एउटा युवा क्लबको भवन जल्यो


झापा, फागुन १३ । झापाको पर्यकटीय क्षेत्र दोमुखामा भीषण आगलागी भएको छ । बिहीबार राति एक बजेतिर सुरु भएको आगलागीबाट दोमुखामा रहेका चार होटल र एउटा युवा क्लबको भवन जलेर नष्ट भएको छ ।

शिवसताक्षी नगरपालिका १० स्थित दोमुखामा सञ्चालितल डम्बर मगर, किशोर लिम्बु, जयपलिया, हरि भण्डारीको होटल र एउटा युवा क्लबको भवनमा आगलागी भएको हो । दुई वटा दमकलको सहायताबाट आगलागी नियन्त्रणमा आएको बताइएको छ ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।