काठमाडौं, फागुन १३ । नेकपा एमालेले स्थानीय तह चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । आज शुक्रवार काठमााडौंको कान्तिपथमा रहेको निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह चुनाव प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो ।निर्वाचन आयोगले निकालेको सूचनाअनुसार आयोगमा पुगेर दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिनुभयो ।
उहाँले आफ्नो पार्टी चुनावको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरूलाई पनि चुनावको प्रक्रियामा सामेल हुन आह्वान गर्नुभयो । यसैबीच निर्वाचन आयोगले आज शुक्रवार दिउँसोसम्म स्थानीय तह चुनाव प्रयोजनका लागि ४० वटा दलले दर्ताका लागि निवेदन दिएको बताएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिले चुनाव आयोगमा एक सय नौ वटा दल दर्ता भएको र यही फागुन १५ गतेभित्र आयोगमा दर्ता भएका दलहरूले स्थानीय तह चुनाव प्रयोजनका लागि दल दर्ता गर्न सक्ने कानुनी व्यवस्था भएको पनि स्पष्ट पार्नुभयो । प्रवक्ता शर्माले आयोगले स्थानीय तह चुनावको कामलाई तीव्रताका साथ अघि बढाएको बताउनुभयो । सरकारले स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गतेका लागि घोषणा गरेको छ ।













प्रतिक्रिया दिनुहोस्