काठमाडौं, असार २०
भारतबाट आयात हुने तरकारीको भन्सार विन्दुमा भइरहेको विषादी परीक्षण कार्य तत्कालका लागि स्थगित गर्ने सरकारको निर्णयप्रति सत्तारुढ नेकपाकै भ्रातृ संगठनले नै विरोध जनाएको छ। बिद्यार्थी संगठन नेरास्ववियुले सरकारको यो निर्णय संविधानविपरीत भएको दाबी गर्दै तत्काल सच्याउन माग गरेको हो ।
अखिलका कार्यवाहक अध्यक्ष रञ्जित तामाङले आज विज्ञप्ति जारी गरी सरकारको निर्णय संविधानको धारा ३६ को खाद्य सम्बन्धी मौलिक हकको मर्मविपरीत रहेको दाबी गर्नुभएको छ ।
‘यो निर्णयबाट सरकार र सरकारका निकाय प्रत्यक्ष वा परोक्ष रूपमा कतै अनुचित विदेशी दबाबमा परेर पछि हटेका त हैनन् भन्ने गम्भीर आशंका समेत पैदा भएको छ, यसर्थ कुनै पनि शक्ति केन्द्रको अनुचित दबाबमा नपरी आयतित विषाक्त फलफूल र तरकारीको सीमा क्षेत्रमा परीक्षण गरेर मात्र प्रवेश गराउने पूर्ववतः निर्णयमा अडिग रहन नेपाल सरकार र अन्य सम्बद्ध मन्त्रालय समक्ष जोडदार माग गर्दछौँ,’ बिज्ञप्तीमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्