जनता टाइम्स

१४ फाल्गुन २०७८, शनिबार १२:४५

बालुवाटारमा आन्तरिक छलफलपछि बालकोट जाँदै देउवाको टोली


काठमाडौँ, फागुन १४ । यही फागुन १६ भित्र अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गराउने योजनामा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्र तथा बाहिर छलफललाई दिनुभएको छ ।

यसै क्रममा आज प्रधानमन्त्री देउवाले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफल गरेर प्रमुख प्रतिपक्षी एमालेसँग वार्ता गर्न यसका अध्यक्ष केपी शर्मा ओलीको घर बालकोट जाने तयारी गर्नुभएको छ ।

छलफलमा सहभागी कांग्रेसका एक नेताका अनुसार अहिले बिहान ११ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा कांग्रेस सभापति देउवाले उपभासभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतसँग छलफल गर्नेछन्। यसपछि सोही टोली दिउँसो २ बजे बालकोट जाने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । यसअघि शुक्रबार राति मात्र एमालेसँग वार्ता गर्न प्रधानमन्त्री देउवासहित सञ्चारमन्त्री कार्की, उपसभापति खड्का र महामन्त्री गगनकुमार थापा बालकोट पुग्नुभएको थियो ।

छलफलमा एमालेबाट अध्यक्ष ओलीसहित महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली सहभागी हुनुभएको थियो तर छलफल निष्कर्षमा पुगेको छैन।