जनता टाइम्स

१४ फाल्गुन २०७८, शनिबार १५:५७

वडाअध्यक्षसहित सम्पूर्ण वडा कमिटी नै एमालेमा समाहित, माओवादी सयौं नेता–कार्यकर्ता पनि एमाले प्रवेश


भोजपुर, १४ फागुन । नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षसहित ट्याम्के ट्याम्केमैयुङ गाउँपालिका वडा नम्बर ६ को सम्पूर्ण वडा कमिटी नै एमालेमा समाहित भएका छन् । आज आयोजित कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष तथा माआवादीका जिल्ला सचिवालय सदस्य सुर्य नेपालसहित वडा कमिटीका सम्पूर्ण सदस्य एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा अन्य पार्टीका कार्यकर्तासमेत एमाले प्रवेश गरेका थिए ।

नवप्रवेशीलाई एमाले जिल्ला इन्चार्ज हरिवहादुर राई, जिल्ला अध्यक्ष शरण राई, गाउँपालिका अध्यक्ष धुर्वराज राई लगायतका नेताले स्वागत गर्नुभएको थियो । एमाले प्रवेश गर्नेमा वडाध्यक्ष नेपालसहित माओवादीका जिल्ला कमिटी सदस्य तथा निर्वाचित वडा सदस्य भगवान गिरी, टेकवहादुर सार्की, हेमराज राईलगायत सय भन्दा बढी एमालेमा प्रवेश गरेको जनाइएको छ ।