जनता टाइम्स

१४ फाल्गुन २०७८, शनिबार १८:३६

हामी आत्मसमर्पण गर्दैनौं : युक्रेन राष्ट्रपति जेलेन्स्की


काठमाडौं, १४ फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देश छोड्न अस्विकार गर्नुभएको छ । राजधानी कीएभबाट आफैँले भिडियो खिचेर सामाजिक सञ्जाल ट्विट मार्फत जानकारी दिनुभएको हो । जेलेन्स्कीले भिडिओमा बोल्दै अफवाहमा ध्यान नदिन नागरिकहरूलाई अपिल समेत गर्नुभएको छ ।

उहाँले आफू युक्रेन छोडेर कतै नजाने र आफ्नो सेनालाई पनि आत्मसमर्पण नगर्न आदेश दिनुभएको हो । यसअघि पनि जेलेन्स्कीले राजधानी किएभबाट भिडिओ सन्देशमार्फत कीएभमै बस्ने भन्नुभएको छ । यता युक्रेनको राजधानी किएभमा रुसको आक्रमण रोकिएको छैन ।

अहिलेसम्म हजारौंको ज्यान गइसकेको छ भने ठूलो संख्यामा मानिसहरु भूमिगत भएर आश्रयमा डराएर बसिरहेका छन् । यसैबीच युक्रेनका राष्ट्रपति युद्ध छाडी देशबाट भागेको खबर आएकोले जेलेन्स्कीले भिडियो खिचेर ट्विट गर्दै आफू काँही नगएको जानकारी दिनुभएको हो ।