चितवन, फागुन १५ । पूर्वी चितवनको खैरहनी नगरपालिका-१ मा रहेको सूर्यकिरण किसान वचत तथा ऋण सहकारीको निर्वाचनमा सत्तागठबन्धनलाई पराजित गर्दै एमाले विजयी बनेको छ।शनिबार राति सम्पन्न भएको मत गणनामा एमाले निकटका महेन्द्रराज डल्लाकोटी नेतृत्वको प्यानल नै विजयी भएको हो ।
निर्वाचनमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीविरुद्ध एमाले एक्लै चुनावी मैदानमा होमिएको थियो ।संचालक समितिका पदाधिकारी,सदस्य र लेखा समिति सबैमा एमाले निकटका सेयर सदस्य निर्वाचित भएका हुन् । अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित डल्लाकोटीले २४४ मत प्राप्त गर्दा प्रत्यासी गठबन्धनका उम्मेदवार नेत्रप्रसाद शर्माले १९२ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा एमाले कै भरतराज घिमिरेले २४०,सचिवमा विष्णु पौडेलले २३८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत वसन्तप्रसाद लामिछानेले जानकारी दिनुभयो । त्यस्तै कोषाध्यक्षमा चेतनाथ कडेंलले २७० मत ल्याएर निर्वाचित हुनुभयो । अध्यक्षमा नेकपा एकिकृत समाजवादीका,उपाध्यक्षमा पराजित नेपाली कांग्रेसका ,सचिवमा पराजित नेकपा माओवादी केन्द्र र कोषाध्यक्षमा एकिकृत समाजवादीका उम्मेदवार हुनुहुन्छ ।
सदस्यहरुमा एमाले निकटका अर्जुन कुमार सापकोटा,रामप्रसाद कोईराला,वालकृष्ण सापकोटा,अणकुमारी न्यौपाने,तारा लामा,प्रेम प्रसाद उपाध्याय,दिलवहादुर विक,कृष्णवन्धु भूर्तेल र इन्द्रकला डल्लाकोटी निर्वाचित हुनुभएको छ । लेखा सुपरिक्षवेक्षण समिति संयोजकमा एमाले निकटका प्रेमनाथ लम्साल निर्वाचित हुनुभयो । लम्सालले २४२ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी रामचन्द्र उप्रेतीले १८२ मत पाउनुभयो । लेखा सदस्यहरुमा एमाले निकटकै केदार प्रसाद खतिवडा २४२ मत र धनराज सिलवाल २३८ मतका साथ विजयी हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्