काठमाडौं, असार २१
प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक तयारीपछि मुलुकमा भित्रिने र मुलुकभित्र उत्पादन हुने तरकारी र फलफूलमा रहेको विषादी परीक्षण गरिने बताउनु भएको छ । भारतबाट आयात हुने तरकारीको विषादी चेकजाँच फिर्ता लिएको भनेर चर्को आलोचना भईरहेका बेला प्रधानमन्त्रीले सो व्यवस्था केही समयका लागि स्थगित गरिएको जानकारी गराउनु भएको हो ।
नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा सांसदहरूले प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले भारतबाट आयातित हुने तरकारी र फलफूलमा हालका लागि विषादी परीक्षण रोक्नुको कारणबारे जानकारी गराउनु भएको थियो । उहाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यथेष्ट तयारी बिना नै भारतबाट आयातित हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको भन्दै अब तयारीका साथ सरकार अगाडि बढ्ने जानकारी दिनुभयो ।
‘सांसदहरूले बोल्ने क्रममा भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण किन रोकिएको भनेर जवाफ माग्नुभएको थियो। तयारी नभएकाले हालका लागि स्थगित गरिएको प्रधानमन्त्रीज्यूको जवाफ रहेको एक नेताले जानकारी दिए । मन्त्रिपरिषदको बैठकले सीमानामा परीक्षण गर्ने प्रविधि र जनशक्ति तयार गर्ने निर्णय गरेको जानकारी दिनुभयो । ‘पूर्वाधार बनाउन सक्षम भइसकेका छैन रहेछौँ। कानुन त बनायौँ तर भन्सारमा जनशक्ति र प्रविधि तयार भइसकेको छैन रहेछ। विषादी स्वदेशी होस् कि विदेशी त्यसलाई नियन्त्रण गरिन्छ’, प्रधानमन्त्री ओलीको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्