काठमाडौं, १५ फागुन । अभिनेता पल शाह पक्राउ परेका छन् । उहाँले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गनुभएको हो । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।
शाहले आज फेसबुकबाट आफैं प्रहरीमा उपस्थित हुने घोषणा गर्नूभएको थियो। यद्यपि, कुन प्रहरीमा भन्ने खुलाएका थिएनन् । उहाँमाथि तनहुँ जिप्रकामा जाहेरी परेका कारण त्यहीँ गिरफ्तारी दिन इच्छा देखाएपछि प्रहरीले ‘कन्सिडर’ गरेको स्रोतको भनाइ छ । स्रोतका अनुसार उहाँले तनहुँबाटै सो स्टाटस पोष्ट गर्नुभएको थियो । काठमाडौंमा गिरफ्तारी दिँदा युट्यूवरले तमासा गर्ने भएकाले पनि उहाँ तनहुँ जानुभएको हो,’ स्रोतले भन्यो ।













प्रतिक्रिया दिनुहोस्