काठमाडौं, १५ फागुन । नेकपा (माओवादी केन्द्र०का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टी पुष्पमकल दाहाल प्रचण्डको क्लब नभएको टिप्पणी गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका शीर्ष नेताहरुको बैठक राखेर एमसीसीलाई व्याख्यात्मक टिप्पणी सहित एमसीसी अनुमोदन गर्न सहमत हुने निर्णय सुनाउनु भएको थियो । केन्द्रीय सदस्य न्यौपानेले भन्नुभएको छ ‘माओवादी राष्ट्रघात गर्ने पार्टी होइन र एकाध व्यक्तिको निजी क्लब होइन ।’
केन्द्रीय समितिको बैंठक पटक पटक स्थगित गरेर प्रचण्डले एकलौटी निर्णय गरेको भन्दै न्यौपानेले विरोध गर्नुभएको छ । ‘महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्र बनेको अबस्था छ । एकातिर केन्द्रीय समितिको बैठक बसाल्दै नबसाल्ने अर्कोतिर एमसीसीजस्तो मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर बिषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस, एमाले जस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने ?’, न्यौपानेले फेसबुकमा लेख्नुभएको छ , ‘यसको मारमा देश, जनता, पार्टी र पार्टीका कार्यकर्ता पर्नुपर्ने ।’
माओवादी केन्द्रको केन्द्रीय समितिको निर्णय बाहेक अरुले गर्ने निर्णय अधिकारिक नहुने भएकाले आज विहान अध्यक्ष प्रचण्डको निवासमा भएको भनिएको भनिएको बैठकको कुनै बैधानिकता नभएको न्यौपानेले बताउनुभयो । एमसीसी अनुमोदन गर्ने निर्णयमा नेताहरु नाराणकाजी श्रेष्ठ, लीलामणि पौडेल, हरिबोल गजुरेल, देव गुरूङ लगायतले उक्त निर्णयको प्रतिवाद गरेका छन ।













प्रतिक्रिया दिनुहोस्