जनता टाइम्स

१५ फाल्गुन २०७८, आईतवार १३:०४

एमसीसी अनुमोदनका लागि गर्ने भनिएको व्याख्यात्मक टिप्पणी के हो ?


काठमाडौं, १५ फागुन । सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ । आज बस्ने प्रतिनिधिसभा बैठकको दोस्रो सेसनले एमसीसी अनुमोदन गर्ने गठबन्धन बैठकमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार व्याख्यात्मक टिप्पणी भन्नाले एमसीसीबारे देखिएको भ्रम र विवादलाई स्पष्ट पार्ने हो । एमसीसी अनुमोदन भएमा अमेरिकी सेना आउनेदेखि नेपालको कानुनभन्दा माथि रहेको भन्ने विषयलाई स्पष्ट पार्दै नेपालको अडान प्रस्तुत गर्ने गरी व्याख्यात्म टिप्पणी गरिने पौडेलले बताउनुभयो ।

एसमीसी सम्झौता इन्डोप्यासिफिक रणनीतिअनुसार नरहेको, नेपालको संविधानअनुसार चल्ने र नेपालको आर्थिक विकास सहायता रहेको स्पष्ट पार्ने कार्यलाई नै व्याख्यात्मक टिप्प्णी भनिएको नेता पौडेलले जानकारी दिनुभयो । एमसीसी संसदबाट अनुमोदन गर्न नहुन बताउँदै आएका माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) अन्ततः पारित गर्न राजी भएका छन् ।