जनता टाइम्स

१५ फाल्गुन २०७८, आईतवार १५:२९

संसदमा सुरु भयो एमसीसीमाथिको छलफल, सांसदलाई पाँच मिनेटको समय


काठमाडौं, १५ फागुन । प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी० सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल सुरु भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले पाँच मिनेट सांसदलाई दिएका छन् । सोहीअनुसार माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसीमाथि दलहरूबीच व्याख्यात्मक टिप्पणीसहितको घोषणा गर्ने सहमति भएको भन्ने सुनिएको र त्यसलाई सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

नेपालको अहितमा रहेका विषयलाई सच्याएमा एमसीसीको पक्षमा आफ्नो पार्टी उभिन सक्ने बताउनुभयो । उहाँपछि एमाले सांसद भीम रावलले बोल्नुभएको हो । उहाँले पनि एमसीसी सम्झौताका केही बुँदा राष्ट्रहित रहेको बताउनुभयो । त्यस्तै अहिले झलनाथ खनाल बोलिरहनुभएको छ ।