जनता टाइम्स

१५ फाल्गुन २०७८, आईतवार १५:३६

अन्ततः कार्यकर्तालाई सडकमा उतारेर राष्ट्रघात भनिएको एमसीसीको पक्षमा उभिने नेकपा एसको निर्णय


काठमाडौं, १५ फागुन । नेकपा (एकीकृत समाजवादी) पनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा उभिने निर्णय गरेको छ । एकीकृत समाजवादीको आन बसेको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

यसअघि आज बिहान बसेको गठबन्धन बैठकको निर्णयअनुसार एकीकृत समाजवादीले एमसीसीमाथि व्याख्यात्मक टिप्पणीसहितको घोषणालाई सर्मथन गर्दै अनुमोदन गर्ने निर्णय गरेको सो पार्टीका उपमहासचिव गंगाधर तुलाधरले जानकारी दिनुभयो ।

उहाँका अनुसार घोेषणालाई सम्झौताको अंग मानिनुपर्ने सर्तमात्र एमसीसीको पक्षमा उभिने निर्णय गरिएको हो । एमसीसीको विपक्षमा उभिँदै कार्यकर्तालाई सडकमा उतारेको एकीकृत समाजवादी अन्ततः एमसीसीको पक्षमा उभिएको हो । यता नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल भने अझै विपक्षमा उभिनुभएको छ ।