काठमाडौं, १५ फागुन । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी सम्झौता नेपालको विकासको पक्षमा रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा आजबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उहाँले आफ्नो पार्टी एमसीसी सम्झौताको पक्षमा रहेको स्पष्ट पार्नुभएको हो ।
उहाँले नेपालको विकास निर्माणका लागि एमसीसी सम्झौता आवश्यक रहेको बताउनुभयो ।
नेपालको ट्रान्समिसन लाइनदेखि सडक निर्माणसम्ममा खर्च गर्नेगरी आउन लागेको अनुदान स्वीकार्नुपर्ने भन्दै उहाँले नेपालको बौद्धिक सम्पत्ति पनि नेपालकै हुने दाबी गर्नुभयो । ठाकुरले एमसीसी सम्झौतामार्फत आउन लागेको अनुदान नेपालकै पहलमा आएको बताउनुभयो । उहाँले सबै प्रक्रिया पूरा गरी एमसीसी सम्झौता भएको दाबी गर्दै यसबाट देशको विकास हुने पनि बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्