जनता टाइम्स

१५ फाल्गुन २०७८, आईतवार १६:२३

एमसीसी नेपालको हितमा छैन : मेटमणि चौधरी


काठमााडौं, १५ फागुन । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले एमसीसी सम्झौता नेपालको हितमा नरहेको भन्दै अस्वीकार गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभामा आजबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उहाँले नेपालको हितमा नरहेकाले एमसीसी सम्झौता अनुमोदन गर्न नहुने जिकिर गर्नुभयो ।

सन् २०१७ र २०१९ मा सम्झौता फरक फरक रहेको भन्दै उहाँले कुनै पनि हालतमा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने बताउनुभयो । एमसीसी अनुमोदन भएपछि नेपालले अब कसरी असंलग्न परराष्ट्र नीतिको पक्षमा वकालत गर्न नसक्ने उहाँको भनाइ थियो ।