काठमाडौं, १५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले एमसीसी सम्झौतालाई स्थगन गरेर नयाँ ढंगबाट अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभामा आइतबारबाट सुरू भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उहाँले राष्ट्रिय सहमति कायम गरेर एमसीसी सम्झौताको विषय टुंग्याउनुपर्ने बताउनुभयो ।
सदनमा एमसीसी सम्झौताको बुँदा बुँदामा छलफल गर्नुपर्ने वातावरण बनाउनुपर्ने जोड दिँदै उहाँले सदनमा भइरहेको अवरोध पनि अन्त्य गर्नुपर्ने बताउनुभयो ।
एमसीसी सम्झौताका विषयमा जनतामा भएका त्रास र आशंकालाई मेटाउनु पर्ने र जनतालाई भ्रममा पारेर अनुमोदन गर्न नहुने अध्यक्ष लिङ्देनको भनाइ छ । वैदेशिक सम्बन्धलाई सत्ताको भर्याङ बनाउन नहुने भन्दै उहाँले वैदेशिक सहयोगलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्