जनता टाइम्स

१५ फाल्गुन २०७८, आइतबार २३:०५

माओवादीभित्र विद्रोह शुरू, जनप्रतिनिधिद्वारा राजीनामा


काठमाडौं, १५ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको ८ नम्बर वडाका वडाध्यक्ष बहादुरसिंह महराले एमसीसी सम्झौता अनुमोदन गर्न सघाएको पार्टी नेकपा माओवादी केन्द्रको सदस्यता त्याग गर्नुभएको छ भने भोलि बिहान १० बजे जनतासित माफी मागेर वडाध्यक्ष पदबाट समेत राजीनामा दिने घोषणा गर्नुभएको ।

उहाँले फेसबूकमा लेख्नुभएको छ , ‘आजबाट नेकपा माओवादी केन्द्रले पनि राष्ट्रघाती एमसीसी सम्झौता पारितमा विभिन्न बहानामा सहयोग गरेकोले आजैबाट माओवादी केन्द्रको सदस्यता त्याग गरी राष्ट्रिय स्वाधीनता रक्षाको लडाइँमा आफ्नो अमुल्य जीवन समर्पित गर्ने संकल्प गर्दछु । साथै देश बेच्नेहरूको वडाध्यक्ष पदबाट भोलि १० बजे जनतासित माफी मागेर राजीनामा गर्ने घोषणा गर्दछु ।