जनता टाइम्स

१६ फाल्गुन २०७८, सोमबार १५:५९

साहित्यकार सुरेन्द्र महर्जन अमरको ‘आँखा झिमिक्क’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं, १६ फागुन । साहित्यकार सुरेन्द्र महर्जनुुअमरुु को रचनामा संगीतकार सन्तोष श्रेष्ठको संगीतमा रहेको गीत ‘आँखा झिमिक्क पारेर’ गीतको म्युजिक भिडियो राजधानीमा आज प्रेस सम्मेलन गरि भिडियोको बारेमा जानकारी एवं रचनाकार, निर्देशक, संगीतकार र भिडियोमा अभिनय गरेका कलाकारहरू लगाएत भिडियोमा आवद्ध सबैसँग गीत र भिडियोको बारेमा जानकारी गराइयो ।

सन्तोष श्रेष्ठ र अस्मिता अधिकारीको स्वर रहेको उक्त भिडियोले सबैको मन जित्ने देखिन्छ । कलाकारहरूमा हरिश निरौला (कक्रोज), सुमन ज्योति (ल्याग्री दादा) आयुषा कटुवालबाट मन छुने अभिनय गरिएको छ ।

सुलभ घिमिरेद्वारा एरेन्ज गरिए र वान स्टुडियोमा रेकर्डिङ गरिएको हो । आँखा झिमिक्क पारेर गीतको म्युजिक भिडियो सुरेश थापाुुदर्शनेू ले निर्देशन गरेको हो । ओएसनेपालको आयोजनामा आयोजित कार्यक्रममा विवेक कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम दिनेश थानीबाट संचालन गरिएको थियो ।