जनता टाइम्स

१७ फाल्गुन २०७८, मंगलवार ०९:१९

महायज्ञ उद्घाटन गर्न आज रौतहट जाँदै एमाले अध्यक्ष ओली


काठमाडौं, १७ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज बिहान रौतहट जाँदै हुनुहुन्छ । मौलापुरमा आयोजना हुन लागेको मधानी महायज्ञको उद्घाटन गर्न ओली रौतहट जान लाग्नुभएको थियो ।

मौलापुरका मेयर रिनाकुमारी साहको नेतृत्वमा बालकोट पुगेको टोलीले मौलापुरमा हुने महायज्ञको प्रमुख अतिथिका रूपमा आएर उद्घाटन गर्न अनुरोध गरेको थियो ।

मौलापुर-५ पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा नगरपालिकाको आयोजनामा महायज्ञ हुन लागेको हो ।महायज्ञमा नायक राजेश हमाल लगायत कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।