काठमाडौं, फागुन १७ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आज पत्रकार सम्मेलन गर्न लाग्नुभएको छ । राष्ट्रघाती एमसीसी खारेज गर भन्दै सडकमा जनसंगठनलाई पठाएर संसदबाट आफैले पास गरेपछि चर्किएको असन्तुष्टि कम गर्न नेपालले आज पत्रकार सम्मेलन गर्न लाग्नभएको हो ।
नेपालले दिउँसो २ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पत्रकार सम्मेलनको आयोजना गरिएको एकीकृत समाजवादीले जनाएको छ । समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गरिने जनाइएको छ ।













प्रतिक्रिया दिनुहोस्