जनता टाइम्स

१७ फाल्गुन २०७८, मंगलबार १६:४२

राष्ट्रपति भण्डारी पशुपतिनाथमा


काठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथको दर्शन गर्न पाशुपत पूग्नुभएको छ । महाशिवरात्रिको अवसरमा आज अपरान्ह उहाँ पशुपतिनाथको दर्शन गर्न पुग्नुभएको हो ।

महाशिवरात्रिका लागि दर्शनार्थीहरू मंगलबार बिहानैबाट लामवद्ध भई पशुपतिनाथको दर्शन गरिरहेका छन् । महाशिवरात्रिको अवसरमा आज पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको भिड लागेको छ ।