काठमाडौं, फागुन १७ । चितवनका बाम बुद्धिजिवी प्रेम रिमालले आगामी निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्ड र प्रचण्डका तर्फबाट उम्मेद्वार बन्ने जो कसैलाई मतदान गर्नु भनेको जन्मभूमिमाथि भएको बलात्कारमा सहभागी हुनु सरह भएको बताउनुभएको छ । माओवादीको समर्थनमा संसदबाट एमसीसी अनुमोद भएपछि रिमालले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताउनुभएको हो । उहाँले लेख्नुभएको छ , ‘प्रचण्डभन्दा त लिङ्देल धेरै ठीक राष्ट्रियताको सवालमा । अमेरिकाले मार्छ कि भनेर आत्महत्या गर्ने हो त ? हजारौं जनताका छोराछोरी तिम्रो आह्वानमा मारिन हुने तिमीहरूलाई मृत्यु त्यति भयानक ? अझ गोञ्जालोको फोटो राख्छौ तिम्रो खोरमा, छि ’
‘मैले पनि अघिल्लो चुनावमा प्रचण्डलाई मत मागेर हिँडेको थिएँ । त्यो बेठीक थिएन, तर अहिले आएर प्रचण्डबाट जुन गद्दारी भयो, म क्षमा चाहन्छु । अब यस्ता राष्ट्रघातीहरूलाई धुलो चटाउनु पर्छ’ उहाँले लेख्नुभएको छ । ‘सायद यिनी अब चुनावमा नउठ्लान् पनि , गठबन्धनको बैशाखी टेकेर आउलान् ठीकै छ ।’
रिमाल केही महिना अघिसम्म प्रचण्डको प्रसंशक र समर्थक हुनुहुन्थ्यो । रिमालले माओवादी केन्द्र परित्याग घोषणा गरेपछि प्रचण्डको चर्को आलोचना गर्दै आउनुभएको छ ।















प्रतिक्रिया दिनुहोस्