जनता टाइम्स

१८ फाल्गुन २०७८, बुधबार ०७:३९

७ लाख बढी दर्शनार्थी पशुपति आएको अनुमान : पुल भत्किँदा दुई जना घाइते


काठमाडौँ, फागुन १८ । काठमाडौंको पशुपतिनाथ मन्दिरको आर्यघाटमा रहेको पुलको पर्खाल भत्किएको छ । दक्षिणतर्फको पुलको उत्तरतिरको भाग भत्किँदा दुई जना घाइते भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी सुदिप गिरीले बताउनुभयो ।

उहाका अनुसार पर्खाल भत्किँदा पानीमा खसेका मध्ये ३० वर्षीय राजन ओलीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाइएको छ । अर्का एक घाइते चाहिँ सामान्य उपचारपछि फर्किएको उहाँले बताउनुभयो । ‘पुल जीर्ण छ भन्ने खबर थियो, त्यसैले त्यता नजान सचेत गराइरहेका थियौं’ उहाँले भन्नुभयो , ‘यद्यपि पुल भत्कियो, तर प्रहरी नजिकै भएकाले धेरै क्षति हुन पाएन ।’

काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार शिवरात्रीको दिन मंगलबार ७ लाख बढी दर्शनार्थी पशुपति आएको अनुमान गरिएको छ ।