काठमाडौं, १८ फागुन १६ । निर्वाचन तथा मतदाता शिक्षा सम्वन्धी सहि सुचना प्रवाह गर्न प्रशिक्षकको समुह तयार गर्ने लक्ष्यले ‘समावेशी मास्टर ट्रेनर’ तालिम सुरू भएको छ । नेपाल मतदाता अधिकार मञ्च र नेपालस्थित अमेरिकी राजदुतावासको साझेदारीमा सोमवारदेखि राजधानीमा सुरू भएको यस तालिमको निर्वाचन आयुक्त डा.जानुका तुलाधर र राजदुत र्यान्डी बेरीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा अमेरिकी राजदुत र्याण्डी बेरीले यस तालिममा सहभागी प्रशिक्षार्थीले समुदायमा पुगेर एक सचेत नागरिकको भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिंदै सबैले निर्वाचनमा सहभागी हुने वातावरणका लागि सहयोग गर्न आव्हान गर्नुभयो । कार्यक्रममा निर्वाचन आयुक्त जानकी तुलाधरले निर्वाचनलाई स्वच्छ स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी बनाउन मतदाता शिक्षाको महत्वपूर्ण भूमिका हुने भएकोले यस तालिममा सहभागी प्रशिक्षकहरूले समुदायमा पुगेर सर्वसाधारणलाई बुझाउने समुह तयार गर्न आग्रह दिनुभयो ।

उहाँले निर्वाचनको सम्वन्धमा लैङ्गिक विभेद, दलित, अपाङ्गता भएका व्यक्ति, अल्पसङख्यक समुदायविरूद्ध हुने दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्तिलाई निर्मुल पार्न तालिममा सिकेका सिप गुणको सदुपयोग गरी मतदानका लागि कोही नछुटुन भन्ने नारा सार्थक पार्नुपर्नेमा जोड दिनुभयो । मञ्चका अध्यक्ष भक्त विश्वकर्माले तीनदिने तालिममा प्रशिक्षार्थीहरूलाई सञ्चारकर्मी बबिता बस्नेत, दीपक अधिकारी र अध्यक्ष विश्वकर्मा स्वयमंले निर्वाचनमैत्री वातावरणका लागि मतदाता शिक्षालगायतका विषयमा तालिम दिने जानकारी दिनुभयो ।
त्यसैगरी मञ्चका महासचिव टिका दाहालले ७० जना मास्टर ट्रेनरको तालिमका लागि छनौट गरिएकोमा विभिन्न प्रदेशका ३५ जनालाई पहिलो चरणमा तालिम प्रदान गरिने बताउनुभयो । महासचिव दाहालले बाँकी ३५ जनालाई दोस्रो चरणमा तालिम दिने र उहाँहरूले आ–आफ्नो समुदायमा पुगेर पुनः अन्यलाई निर्वाचनमैत्री गतिविधीका लागि प्रेरित गर्न सक्ने क्षमताका लागि मञ्चले यस तालिमको आयोजना गरिएको बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्