काठमाडौँ, फागुन १८ । नेकपा एमालेका सचिव लेखराज भट्टले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन सही पुष्टि हुँदै गएको बताउनुभयो ।
बुधबार प्रेस चौतारी कैलालीले धनगढीमा गरेको कार्यक्रममा उहाँले सरकार, संसद र अदालतको गतिविधि हेर्दा ताजा जनादेशमा जाने निर्णय सही देखिएको बताउनुभएको हो ।
‘मुलुक ताजा जनादेशमा जाने कुरा सही थियो भनेर अदालतभित्र देखिएको समस्या, गठबन्धन सरकार र प्रतिनिधिसभामा देखिएका गतिविधिले पुष्टि गर्दै लगेको छ’ भट्टले भन्नुभयो , ‘सभामुखले पार्टीको कार्यकर्ताको भूमिका खेल्दा व्यवस्थापिका पनि कोमामा पुगेको छ । कार्यपालिका र न्यायपालिकाको हालत पनि उस्तै छ ।’ उहाँले अहिले मुलुकका प्रमुख तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ‘कोमामा’ पुगेको टिप्पणी गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्