महेन्द्रनगर, फागुन १९ । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सम्मेलन प्रतिनिधि तथा शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले पार्टी त्यागेको घोषणा गर्नुभएको छ ।
एमसीसी संसदबाट पारित भएकै दिन सामाजिक सञ्जाल फेसवुकमार्फत पार्टी त्यागेको घोषणा गरेका महराले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमसीसीमा आत्मसमर्पण गरेको आरोप महराले लगाउनुभएको छ ।
‘प्रचण्डले आत्मसमर्पण गरी प्रस्ताव पास गर्न मूख्य भूमिका खेलेकाले हामी जस्ता इमान्दार कार्यकर्तालाई लज्जित बनाएको छ,’ उहाँले लेख्नुभएको छ – ‘यो राजनीतिक प्रति क्रान्ति मात्र नभएर जगन्य खालको राष्ट्रघाती कदम हो । त्यसैले म यस्तो खाले राष्ट्रिय आत्मसमर्पणवादको सती जान नसक्ने भएकाले पार्टी छाडेको छु ।’ महरा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्