जनता टाइम्स

२२ असार २०७६, आईतवार १३:१०

विद्युत्को ट्रान्सफर्मर जडान नहुँदा डिपबोरिङ सञ्चालनमा आउन सकेन


विराटनगर, असार २२

मोरङको सुनवर्सी नगरपालिकामा निर्माण सम्पन्न भएको डिपबोरिङ विद्युत्को ट्रान्सफर्मर जडान नहुँदा सञ्चालनमा आउन सकेको छैन । सुुनवर्सी नगरपालिका–५ मा निर्माण गरिएको बोरिङ विगत दुुई वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । सङ्घीय सांसद शिवकुुमार मण्डलको सांसद विकास कोषको रु ३५ लाख लागतमा निर्माण गरिएको उक्त बोरिङ सञ्चालनमा आउन सकेको भए त्यस क्षेत्रका २०० बिघाभन्दा बढी जग्गामा सहजरूपले सिँचाइ पुुर्याई उत्पादन वृद्धि हुने थियो ।

राष्ट्रिय प्रसारण लाइन पुुगेको उक्त स्थानमा एउटा ट्रान्सफर्मर जडान गर्न नसक्दा कृषि उत्पादन वृद्धि गर्ने सोच दुुई वर्षदेखि अलपत्र परेको स्थानीय बासिन्दाको गुनासो छ । नेपाल विद्युुत् प्राधिकरणलाई पटक–पटक भन्दा पनि बेवास्ताको कारण लगानी बालुुवामा पानी हालेजस्तो भएको उनीहरुको भनाइ छ । बोरिङ सञ्चालनका लागि ११ हजार केभीको प्रसारण लाइन पुु¥याएर २०० केभीको ट्रान्सफर्मर जडान गर्नुुपर्ने हुन्छ ।

आयोजनाको काम सम्पन्न नहुँदा खेतबारीमा सहजरूपमा सिँचाइ गरी नगदेबालीमार्फत आम्दानी वृद्धि गर्ने आस मरेको कृषक रामकेवल साहले बताउनुभयो । बोरिङ सञ्चालनका लागि १५ हर्षपावरको मोटर जडान गरिएको छ ।