काठमाडौँ, फागुन २०। कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी हुनुभएको छ । ४ सय ६५ मतले सिंहले निकटतम प्रतिद्वन्दी श्याम पटेललाई पराजित गर्नुभएको हो । सिंहले एक हजार एक सय दस मत प्राप्त गर्नुभएको हो ।
पटेलले ६ सय ४५ मत ल्याउनु भएको छ । पदाधिकरीमा सिंहकै प्यानल विजय भएको छ । निर्वाचन कार्यालयले आधिकारिक घोषणा गर्न बाँकी छ । बिहीबार भएको मतदानमा १७ सय ७९ मत खसेको थियो ।













प्रतिक्रिया दिनुहोस्