जनता टाइम्स

२० फाल्गुन २०७८, शुक्रबार १५:०१

नेपाल फर्मा एक्स्पो २०२२ चितवनमा हॅुदै


काठमाडौँ , फागुन २० । आठौं नेपाल फर्मा एक्स्पो २०२२ वैशाख ९ देखि ११ सम्म हुने भएको छ। शुक्रबार औषधी उत्पादक संघले पत्रकार सम्मेलन गर्दै आठौं फर्मा एक्स्पो चितवनको प्रर्दशनी केन्द्रमा वैशाख ९ देखि ११ गतेसम्म हुने जानकारी दिएको हो। यसअघि फागुनमा हुने भनिएको एक्सपो कोभिड–१९ को संक्रमणको जोखिमका कारण मिति सारिएको औषधी उत्पादक संघका अध्यक्ष प्रज्वल जंग पाण्डेले जानकारी दिनुभयो ।

नेपालमा गुणस्तरीय र आवश्यक परिमाण उत्पादन हुन सक्छ भन्ने कुरालाई जनमानसमा लैजाने उद्देश्यले एक्सो आयोजना गर्न लागिएको संघका अध्यक्ष प्रज्वल जंग पाण्डेले बताउनुभयो। यस्तै, संघका उपाध्यक्ष तथा एक्सपोका मिडिया कोर्डिनेटर सन्तोष बरालले नेपालमा भित्रिएका नयाँ प्रविधिलाई अवलोकन गर्न एक्स्पो आवश्यक रहेको बताउनुभयो ।

एक्सोमा १ सय ६० स्टल राखिने र त्यसमा नेपालका र विदेशका औषधी उद्योग र त्यसमा प्रयोग भएका प्रविधीको प्रदर्शनी हुने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष महेश प्रदानले भन्नुभयो, ‘नेपालका औषधी उद्योगले नेपालमा वर्षको ६० अर्वको कारोबार गर्छन्। नेपाल संसारकै सबैभन्दा सस्तो औषधी बनाउने देश हो।’ यसअघिको ७ औं एक्सपो पनि चितवनमा नै भएको थियो।