जनता टाइम्स

२० फाल्गुन २०७८, शुक्रबार १५:३७

शैलुङमा एमाले अध्यक्ष ओलीलाई भव्य स्वागत (फोटोफिचर)


काठमाडौँ , फागुन २० । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई दोलखा र रामेछापको सिमानामा अवस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र शैलुङमा स्थानिय बासीले भव्य स्वागत गरेका छन् ।

शैलुङ साहित्यिक(सांस्कृतिक महोत्सव २०७८ उद्घाटनका लागि ओली शैलुङ पुग्नुभएको हो । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले नेपालको प्रसिद्ध शैलुङ थुम्कामा आयोजना गरेको महोत्सवमा सो क्षेत्रका आदिवासी जनजातिका झाँकीहरू प्रदर्शन गरिएको छ ।

ओलीलाई शैलुङ गाउँपालिका दोलखा र दोरम्बा शैलुङ गाउँपालिका रामेछापबाट स्वागत गरिएको हो । महोत्सव उद्घाटनअघि अध्यक्ष ओलीले कालिञ्चोक भ्रमण गर्नुभएको थियो ।


ओलीले कालिन्चोकमा नवनिर्मित केबुलकारको समेत उद्घाटन गर्नुभएको छ । कालञ्चिोकमा ओलीदम्पत्तीलाई एमालेका नेता तथा केबुलकार सञ्चालक बालकृष्ण शिवाकोटी,अशोक शिवाकोटीलगायतले स्वागत गर्नुभएको थियो ।