पोखरा, फागुन २० । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी र नेकपा एकीकृत समाजवादीससँगको गठबन्धन चुनावमा भाग दिनका लागि नगरिएको प्रष्ट पार्नुभएको छ । संसद अवरोध जारी रहेमा के गर्ने भन्नेबारे गठबन्धनमा छलफल भइरहेको भन्दै थापाले चुनावमा भाग दिने गरी कांग्रेसले माओवादी र समाजवादीलाई बोध्न नसक्ने घोषणा गर्नुभएको हो ।
‘कांग्रेसले प्रचण्ड–माधवसँगको गठबन्धन गरेको चुनाव गराउनका लागि हो, चुनावमा भाग दिन होइन, यो कुरा प्रष्ट बुझेहुन्छ,’ कास्कीको मादी गाउँपालिका आज आयोजित अगुवा कार्यकर्ता भेलामा महामन्त्री थापाले भन्नुभयो ।महामन्त्री थापाले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवले बिन्ती गरेपछि नै कांग्रेसले सत्ता लिनुपरेको बताउनु भयो ।
केपी ओली मात्र नभई प्रचण्ड र माधव पनि दोषी रहेको भन्दै थापाले गठबन्धनमा रहेका कारण प्रचण्ड–माधवप्रति कांग्रेसको अतिरिक्त जिम्मेवारी नरहेको बताउनु भयो ।‘कांग्रेसलाई देखाइदियौं भनेर आएका कम्युनिस्टहरुले के गरे रु ५० वर्षसम्म कांग्रेस फर्केर आउँदैन भन्नेहरु अहिले कोही हामीसँगै गठबन्धनमा छन । एउटाले संसद विघटन गरे, अर्को रोइ कराइ गर्दै लौन न प्रभु सरकार चलाइदिनु पर्यो भनेर आएपछि कांग्रेसले सम्हाल्नै पर्यो,’ थापाको भनाई थियो ।
महामन्त्री थापाले अहिलेको गठबन्धन आवश्यकताले बनेको भन्दै यसको काम चुनाव गराउने मात्रै रहेको प्रष्ट पार्नुभयो ।गठबन्धनमा बस्नासाथ चुनावमा पनि मिल्नुपर्छ भन्न नमिल्ने भन्दै प्रचण्ड–माधव समूहसँग चुनावी गठबन्धन हुने बिषयमा कांग्रेसका सवै नेता–कार्यकर्ता असहमत रहेको बताउनु भयो । उहाँले स्थानीय चुनाव आगामी वैशाख ३० मै हुने ठोकुवा पनि गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्