जनता टाइम्स

२१ फाल्गुन २०७८, शनिबार १०:२०

गृह जिल्ला झापामा एमाले अध्यक्ष ओली आज यस्ता छन्


झापा, फागुन २१ । नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा आउनुभएको छ । उहालेँ यहाँका आधा दर्जन कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ ।

ध्यक्ष ओलीको व्यस्त कार्यसूची रहेको एमाले झापा सदस्य मोहनकाजी न्यौपानेले जानकारी दिनुभयो । ओली बिहान अर्जुनधारा नगरपालिकामा रहेको सुखानी सहिद स्मृति पार्कमा हुने कार्यक्रममा सहभागी हुनुभएको छ । त्यहाँ सहिदको सालिकमा माल्यार्पण गर्ने गर्ने कार्यक्रम रहेको छ । एमाले अध्यक्ष ओलीको त्यसपछि कमल गाउँपालिकामा आयोजित दुईवटा कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । त्यहाँ पुल उदघाटन गर्ने कार्यक्रम छ ।

उहाँ झापाको बिर्तामोडमा आयोजना गरिने तीन औपचारिक कार्यक्रममा सहभागी हुनुहुदै छ । उहाँले एमालेनिकट प्रदेश १ स्तरीय खेलकुद महासङ्घको अधिवेशन उदघाट्न गर्नुहुने छ । सिपी पार्टी प्यालेसमा आयोजित प्रेस चौतारी नेपालको प्रदेश १ स्तरीय प्रथम सम्मेलनको दिउँसो १२ बजे उद्घाटन गर्ने चौतारीका झापा इन्चार्जसमेत रहेका न्यौपानेले जानकारी दिनुभये । सम्मेलनमा सहभागी हुन १४ जिल्लाबाट अतिथि, प्रतिनिधि र पर्यवेक्षक झापा आइसकेका छन् ।ओलीले दिउँसो २ बजे झापा गोल्डकपको पाँचौँ संस्करणको उद्घाटन गर्ने कार्यक्रम छ । फागुन ३० सम्म चल्ने प्रतियोगिता डोमालाल राजवंशी रङ्गशालामा हुने छ । त्यसको सम्पूर्ण तयारी सकिएको आयोजक समितिका महासचिव गजेन्द्रबहादुर पौडेलले बताउनुभयो ।