जनता टाइम्स

२२ फाल्गुन २०७८, आईतवार ०८:२५

देशभरको मौसम आज र भोलि सामान्यतया सफा रहने


काठमाडौँ , फागुन २२। देशको पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहान आगामी तीन दिनको मौसमी प्रणालीबारे पूर्वाअनुमान बुलेटीन जारी गर्दै हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि पूर्णतया सफा भने नरहेको बताएको छ।

जसअुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ।भोलि (सोमबार) गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पर्सि (मंगलबार) कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।