काठमाडौं, फागुन २२ । नेकपा (एमाले) रोल्पाको अध्यक्षमा बालाराम बुढा चयन हुनुभएको छ । रोल्पाको त्रिवेणी गाउँपालिकाको नुवागाउँमा शनिबार सम्पन्न जिल्ला अधिवेशनले पुन बालाराम बुढाको अध्यक्षतामा ९१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।
जसको उपाध्यक्षमा विजय घर्ती, सचिवमा अमृत बुढा, उपसचिवमा दीपक विष्ट र ठाकुरप्रसाद वली चयन हुनुभएको छ । केन्द्रीय कमिटीको निर्णय अनुसार गत पुस २३ गते अधिवेशन गर्ने तयारी गरिएको थियो । तर पार्टीका तत्कालीन जिल्ला सचिव निमप्रसाद रोकाको हृदयघातका कारण मृत्यु भएपछि अधिवेशन स्थगित गरिएको थियो ।













प्रतिक्रिया दिनुहोस्