जनता टाइम्स

२२ फाल्गुन २०७८, आईतवार ११:५४

ज्यानभरी किर्ना बोकेर कानमा चमेरा झुन्ड्याउॅंदैन रे कांग्रेस :पूर्व मन्त्री बास्कोटा


काठमाडौं फागुन २२ । एमालेका प्रभावशाली नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले ज्यानभरी किर्ना बोकेर कानमा चमोरो झुन्ड्याउॅंदैन रे कांग्रेस भन्नुभएको छ। नेकपा माओवादी केन्द्र र नेकपा एसले चुनावमा गठबन्धन गर्न दबाब दिएपछी कांग्रेसका उपसभापति धनराज गुरुङले चुनावमा कांग्रेस एक्लै लड्ने रोडम्याप तयार रहेको भन्दै कांग्रेसरुपी हात्तीको ठूलो कान देखेर केही चमेराहरु ओत लाग्न खोजेको भनेपछी पूर्व मन्त्री बास्कोटाले उक्त कुरा बताउनु भएको हो ।

कांग्रेस निकट निजामति कर्मचारी युनियनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उपसभापति गुरुङले भनेका थिए वास्तवमा कांग्रेसका हात्ती हो हात्ती लम्किरहदा कुकुराहरु भुक्ने गर्छन् धेरै दिन भएको छैन अस्ती दुईचार दिनमात्र अगाडि कांग्रेसरुपी हात्ती लम्किएर बानेश्वर पुग्दै गर्दा केही कुकरहरु भुक्ने काम पनि भए तर एमसीसी पास भयो ।

२०७९ साल निर्वाचन वर्ष हो । इलेक्सन इयर हो । त्यसैले कांग्रेसरुपी हात्ती अब चुनावको मैदानमा लम्किन थालेको छ । चुनावको मैदानमा कांग्रेस लम्किदै गर्दाखेरी अर्थात चुनावको मैदानमा लम्किरहेको कांग्रेसरूपी हात्तीको ठूलो कान देखेर चमेराहरु हात्तीको कानमा ओत लाउन खोज्दैछन् । हात्तीको कानमा ओत लाग्ने चमेराको भरोसा हुँदैन भन्नेकुरा हामीलाई राम्रो सँग थाहा छ । चमेराले हात्तीलाई केही सहयोग गर्दैन बरु हात्तीको कान दुर्गन्धित बनाउछन् । त्यसैले कांग्रेसको रोडम्याप प्रष्ट छ जनताबीच कांग्रेस एक्लै जान्छ भनेका थिए ।

बास्कोटाको स्टाटस