जनता टाइम्स

२२ फाल्गुन २०७८, आईतवार १६:२७

अघि बढ्यो प्रधानन्यायधीश चोलेन्द्रविरुद्धको महाअभियोग


काठमाडौं, २२ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाअभियोग प्रस्ताव अगाडि बढाउन समिति गठन भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले ११ सदस्यीय सिफारिस समिति गठन गरेको हो । समितिमा एमालेका ४, कांग्रेस र माओवादीका २/२, नेकपा (एस_, जसपा र लोसपाका १/१ सांसद छन् ।

समितिमा एकबाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिन बहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, राम बहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, बिष्णु पौडेल र शिवमाया तुम्बाहाम्फे रहनुभएको छ । यस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाअभियोग प्रस्तावमाथि अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने छ।

प्रधानन्यायाधीशको कार्यक्षमता र आचारणसम्बन्धी प्रश्न उठाएर यही फागुन १ गते उक्त प्रस्ताव दर्ता भएको थियो । प्रतिनिधिसभा नियमावाली, २०७५ को नियम १६२ बमोजिम सो समिति गठनको व्यवस्था छ । आज बसेको प्रतिनिधिसभाको बैठक कार्यव्यवस्था परामर्श समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाअभियोग प्रस्ताव अगाडि बढाउने निर्णय गरेको थियो ।