काठमाडौं, २२ फागुन । नेकपा एमालेले स्कुल विभाग बनाएको छ । स्कुल विभागको प्रमुखमा प्रदिप ज्ञवाली हुनुहुन्छ । सदस्यहरुमा इश्वरी रिजाल, पेम्बा लामा, बालकृष्ण ढुंगेल, कपिल पोख्रेल, घनश्याम कोइराला, पुरुषोत्तम न्यौपाने, रामशरण प्याकुरेल, वाई पी आचार्य, ईन्दिरा पन्त र टीका ढकाल रहनुभएको छ ।
विभागको पहिलो सम्पन्न बैठकले पाठ्यक्रमको ड्राफ्ट बनाएको र यसको छलफल गरेर अन्तिम रुप दिने तयारी भएको सदस्य वाई पी आचार्यले बताउनुभयो । उहाँले पहिलो बैठकमा अब रेगुलर रुपमा प्रशिक्षण चलाउने र आधारभूत, माध्यमिक र उच्च शिक्षा तह गरि तीन तहको प्रशिक्षण चलाउने निर्णय भएको सुनाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्