पाल्पा, २२ फागुन । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिकामा आज बसले स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सो नगरपालिको वार्ड ८, भालेबासमा विपरीत दिशाबाट आएको लु २ ख ८३५ नम्बरको बसले पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ७७ प २२०२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा माथागढी गाउँपालिका–२, खहरेका २७ वर्षीय ऋषिकेश सारुको मृत्यु भएको हो ।
बसको ठक्करबाट स्कुटी चालक गम्भीर गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्