जनता टाइम्स

२३ फाल्गुन २०७८, सोमबार ११:४७

ललितपुरमा शंकास्पद अवस्थामा ४ जना मृत फेला, थप १ को उपचारको क्रममा मृत्यु


काठमाडौं, २३ फागुन । ललितपुरमा ४ जना मृत फेला परेका छन् । त्यस्तै प १ जनाको उपचारको क्रममा मृत्यु भएको छ । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–वडा नम्बर ४ मा एकै घरका ४ जना मृत फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले बताउनुभयो ।

४ जनाको घटनास्थल र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहान ४ जना घरमै शंकास्पद अवस्थामा मृत फेला परेका थिए भने थप एक जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीले घटनास्थलमा विषको जस्तो बट्टा फेला पारेको जनाएको छ भने यसबारे अनुसन्धान सुरु भएको जनाएको छ ।