जनता टाइम्स

२३ फाल्गुन २०७८, सोमबार १२:३७

प्रीति कौरको ‘के को शान’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं, २३ फागुन । गायिका प्रीति कौरको नयाँ गीत ‘के को शान’ श्रोता तथा दर्शकमाझ आएको छ । आइतबार साँझ राजधानी नक्सालमा एक कार्यक्रम गर्दै गायिका कौरले गीतसँगै म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो । गीतमा प्रीतिकै शब्द र संगीत छ भने मिक्सिङ विशेष पाण्डेको रहेको छ ।

पवन टाक्की कार्की निर्माता रहेको भिडियोमा गायिका कौर र शिशिर शिवाकोटीको अभिनय रहेको छ । मिडिया पोर्ट प्रस्तुतकर्ता रहेको भिडियोमा अभिषेक सुवेदीको निर्देशन, चेतनराज भण्डारीको छायांकन र अर्जुन कार्कीको सम्पादन छ ।

कार्यक्रममा गायिका कौरले ‘के को शान’सहित केही गीत प्रस्तुत गर्नुभयो । लामो समयपछि स्टेजमा उक्लन पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । ‘करिब ६/७ वर्षपछि स्टेजमा ब्याक भएको छु, खुसीसँगै उत्साहित पनि छु । साथै यहाँहरुको साथ र सहयोगको अपेक्षा पनि राखेका छु,’ गायिका कौरले भन्नुभयो ।