जनता टाइम्स

२३ फाल्गुन २०७८, सोमबार १४:४७

रेखा थापाको उजुरीपछि पक्राउ परिन् शर्मिला वाइवा


काठमाडौं, २३ फागुन । आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइवालाई प्रहरीले पक्राउ गरेको छ । साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालले वाइवा पक्राउ परेको जानकारी दिनुभयो । आफूविरुद्ध गालीगलौज भएको भन्दै अभिनेत्री रेखा थापाले प्रहरीको साइबर ब्यूरोमा जोहरी दिनुभएको थियो ।

गत शुक्रबार नायिका थापाको तर्फबाट उहाँको दिदी तारा थापाले जोहरी दिनुभएको थियो । कलाकार पल शाहले एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेपछि नाबालिगको पक्षमा थापाले बोल्नुभएको थियो । त्यसपछि शाहका सर्मथकले थापाविरुद्ध गालीगलौज गर्नुका साथै ‘ए वान मिडिया’ले समेत असभ्य टिप्पणी गरेको भन्दै जोहरी परेको छ ।