जनता टाइम्स

२३ फाल्गुन २०७८, सोमबार १७:३०

केन्द्रीय सदस्य नबनाएपछि अपञ्चा सिंहको असन्तुष्टी सामाजिक संजालमा पोखियो


काठमाडौं, फागुन २३ । पार्टीले केन्द्रीय समिति सदस्य नबनाएपछि माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)की केन्द्रीय सदस्य पञ्चा सिंह असन्तुष्ट बन्नुभएको छ ।

सामेबार बसेको केन्द्रीय समितिमा थप केन्द्रीय सदस्य मनोनयन गर्ने सूची आफ्नो नाम नपरेपछि उहाँले असन्तुष्ट व्यक्त गर्नुभएको हो । सामाजिक संजाल फेसवुकमा सिंहले आफूहरु दोस्रो दर्ता खारेज गरेर हिँडेको भन्दै त्यो नदोहोर्‍याउन आग्रह गर्नुभएको छ । यस्तो छ उहाँले लेखेको – ‘हैट, दोस्रो दर्जा बन्ने बनाउने दुवै तरिका खारेज गरेर हिँडेको हो, फेरि नदोहो¥याऊ ।’