जनता टाइम्स

२३ फाल्गुन २०७८, सोमबार १९:२७

जुनिचादेमा माओवादीबाट निर्वाचित वडा सदस्यसहित एकसय बढी एमाले प्रवेश


जाजरकोट, फागुन २३ । जाजरकोटको जुनिचाँदे गाउँ पालिकामा १ सय वढीले एमाले पार्टी रोजेका छन्। स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा जाजरकोटमा एमाले प्रवेशको लहर नै चलेको छ। एकीकृत नेकपा माओवादी केन्द्रबाट जुनिचाँदेको वडा नं ४ वाट निर्वाचित वडा सदस्य लालबहादुर खड्काको नेतृत्वमा ५७ जना एमाले प्रबेश गरेका छन। नेकपा माओवादी केन्द्रका प्रभावशाली व्यक्तिहरुको एमाले प्रवेशले जाजरकोटमा हलचल मच्चिएको स्थानीयले वताए।

यसैगरी, नेपाली कांग्रेस जुनिचाँदे गाउँ कमिटीका सदस्य कृष्णबहादुर शाहको नेतृत्वमा ५३ जना कांग्रेस कार्यकर्ताहरु एमाले प्रवेश गरेको जाजरकोटका एमाले सचिब बिरबहादुर गिरीले जानकारी दिनुभयो । एमाले जाजरकोटले जुनिचाँदेमा सोमवार आयोजना गरेको जनसभामा जुनिचादे गाउँपालिकाका विभिन्न वडाबाट १ सय १० जनाले एमाले प्रबेश गरेको एमाले जाजरकोटका सचिब गिरीले बताउनुभयो ।