जनता टाइम्स

२४ फाल्गुन २०७८, मंगलवार ०७:१४

रामकोटमा चेनगेटमा ताला लगाएर एकै परिवारका पाँचै जनाले विष सेवन गरे


काठमाडौं, २४ फागुन । काठमाडौंको नागार्जुन नगरपालिका(६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन्।
तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीले सामूहिक आत्महत्याको प्रयाश भएको जनाएको छ। मृत्यु हुनेमा २८ वर्षीय सुवर्णमान प्रधान रहेका छन्। ६३ वर्षीया इन्द्रमाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३३ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुब्रिना प्रधान बेहोस अवस्थामा भेटिएका थिए।उनीहरुको हरुको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरी प्रमुख सुदिप गिरीले जानकारी दिए। घरभित्र विषका बोतलहरु भेटिएकाले सामूहिक आत्महत्याको प्रयास भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।